प्रदेश र केन्द्रीय संसदको निर्वाचन मंसिर १० गते गर्ने निर्णय

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,५ भदौ ।सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन एकैपटक गर्ने गरि मंसिर १० गतेको मिति तोकेको हो । सो निर्णय बारे निर्वाचन आयोगलाई लेखि पठाउने सरकारका प्रवक्ता एवं सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । निर्वाचन एकै चरणमा गर्ने वा दुई चरणमा गर्ने भन्ने बारे निर्वाचन आयोगले नै टुंगो लगाउने पनि उनले जानकारी दिए ।