प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसीर १० र २१ गते दुई चरणमा हुने, बुधवार बाटै निर्वाचन आचार संहिता लागू

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,१४ भदौ । निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते दुई चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आजबाट आचार संहिता लागू गरेको छ । आयोगको आज बसेको बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि आचार संहिता लागू गर्ने निर्णय गरेको हो । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचार संहिता आजदेखि नै लागू गर्ने निर्णय गरिएको आयोगका आयुक्त सुधीरकुमार शाहले जानकारी दिए ।

आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय तह र त्यसका कर्मचारी, सार्वजनिक संस्था, सरकारी तथा अर्ध सरकारी संस्था, सुरक्षा निकायका सबै अंग, निर्वाचन कार्यमा संलग्न सबैमा निर्वाचन आचारसंहिता लागू हुने पनि स्पष्ट पारेको छ । आयोगका आयुक्त शाहले उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएको मितिदेखि आचारसंहिता लागू हुने पनि उल्लेख गरे ।