राजपा नेपाललाई ओलीले दिए यस्तो चेतावनी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१४ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी, नेपाललाई प्रतिवादमा उत्र्न बाध्य नपार्न चेतावनी दिएका छन। हिजो जनकपुरमा राजपाका कार्यकर्ताले आफ्नो पार्टीको कार्यक्रम बिथोल्ने प्रयास गरेकोमा आपत्ति जनाउँदै उनले प्रतिवादमा जान बाध्य नपार्न चेतावनी दिनुभएको हो । अध्यक्ष ओलीले अराजनीतिक गतिविधि बन्द गरेर सभ्य समाजलाई ग्राह्य हुने राजनीतिक व्यवहार प्रर्दशन गर्न पनि राजपालाई आह्वान गरे। उनले सरकारलाई पनि सो पार्टीको अराजनीतिक गतिविधिलाई नियन्त्रणमा लिन सचेत गराए ।