महिला सशक्तिकरणको अभियानलाई तीव्रता दिनुपर्ने :उपप्रमुख खड्गी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,१५ भदौ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले महिला सशक्तिकरणको अभियानलाई तीव्रता दिनुपर्ने आवश्यक्तामा जोड दिएकी छिन । उपप्रमुख खड्गीले महिला सशक्तिकरणको अभियानलाई सफल बनाउने रणनीति तय गर्न स्थानीय तहका सबै महिला जनप्रतिनिधिहरुको भेला आयोजना गर्ने घोषणा पनि गरिन ।

विहिबार काठमाडौंमा आयोजित ‘स्थानीय तहको निर्वाचनः महिला सहभागितामा चुनौति र आगामी रणनीतिहरु’ विषयक राष्ट्रिय कार्याशाला गोष्ठीमा बोल्दै उनले महिला अधिकार प्राप्तीका लागि हरेक राजनीतिक दलहरुभित्र महिला नेतृहरुले दवाव आन्दोलन सुरु गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारिन । उनले अव आउने स्थानीय तह निर्वाचनमा ५० प्रतिशत प्रतिनिधित्व सुुनिश्चित् हुनेगरी महिला सशक्तिकरणको अभियानमा जुट्न पनि महिला अधिकारकर्मीहरुलाई आग्रह पनि गरिन ।