माओवादी सांसद घिसिङले सांसद पदबाट दिए राजीनामा

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, १६  भदौ । नेकपा (माओवादी केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट आज राजीनामा दिएका  छन् । ललितपुरबाट समानुपातिकमा सांसद् हुनुभएका उनले बिहिबार  आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाउँदै आफ्नो राजीनामा दिएका हुन्  ।

केन्द्रका प्रमुख सचेतक रेखा शर्माले संसदीय दलको कार्यालयमा पनि उनले बोधार्थ दिएको जानकारी आएको बताए  । प्रमुख सचेतक शर्माले घिसिङले स्थानीय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेका विषयमा पार्टीले कारवाही गरेको र संसद्मा पनि पटक पटक ह्विप उलङ्घन गरेका विषयमा प्रश्न उठेपछि सांसदबाट पनि हटाउने तयारी भएका सन्दर्भमा उनको राजीनामा आएको हुन सक्ने बताए ।