निर्वाचन आयोगले आचारसंहिताको नाममा सरकारको हातखुटा बाँध्यो – गच्छदार

arjun News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

सप्तरी,१७ भदौ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले निर्वाचन आयोगले आचारसंहिताको नाममा सरकारको हातखुटा बाँधेको आारोप लगाएका छन् । सप्तरी सदरमुकाम राजविराजमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा गच्छदारलेयस्तो आरोप लगाएका हुन । उनले ३ महिनापछि हुने निर्वाचनका लागि अहिले नै आचार संहिता लगाउनु जायज नभएको भन्दै सरकारको दैनिक कामकाजमा नै प्रभाव पारेको उल्लेख गरे । तीन महिना अगावै सरकारको कामकाज नै प्रभावित हुने गरी लगाइएको आचारसंहिताबारे पुर्नबिचार गर्न निर्वाचन आयोगलाई अब बस्ने मन्त्रिपरिषदको बैठकले आग्रह गर्ने गच्छदारले जानकारी दिए ।