८८ किलो सुनसहित एक जना पक्राउ

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १९ भदौ । प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट अबैध ८८ किलो सुनसहित एक जना पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा, टेकुले सोमबार पत्रकार सम्मेलन गरी अबैध ८८ किलो सुनसहित एक जना पक्राउ गरिएको जानकारी गराएको हो । काठमाडौंमा फेरी अवैध सुनको कारोबार भईरहेको गोप्य सूचनाको आधारमा निगरानी राख्ने क्रममा सोमबार विहान २ बजेतिर क्षेत्रपाटीबाट ८८ केजी अबैध सुनसहित एक जना पक्राउ परेको वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीेले जानकारी दिए ।

उनले बा १७ च ६४२७ नम्बरको गाडीमा शंकालागि चेक गर्दा करिव ४३ करोड, १ लाख ८८ हजार ६ सय ७९ रुपैयाँ बराबरको सुन बरामद गरिएको र त्यसका चालक मकवानपुर घर भएका मनोज अधिकारीलाई पक्राउ गरी संगठित अपराध अन्तरगत मुद्दा चलाउने तयारी भईरहेको पनि बताए । प्रहरीले हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा भित्रिएको सो सुनको अवैध कारोबारमा चिनियाँ नागरिकको संलग्नता रहेको आशंका पनि गरेको छ । नियन्त्रणमा लिइएका अधिकारीले दिएको बयान अनुसार सो सुन रसुवाको केरुङ नाकाबाट भित्रिएको खुल्न आएको पनि वरिष्ठ प्रहरी उपरीक्षक लोहनीेले बताए ।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।