निर्वाचनसम्बन्धी सबै कानून बनाउन सर्वोच्चको आदेश

arjun Latest Update , MainNews/प्रमुख समाचार , Photo Gallery , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, १९ भदौ । सर्वोच्च अदालतले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी कानून अविलम्ब निर्माण गरी निर्वाचन गर्न सरकारका नाममा परमादेश जारी गरको छ ।

न्यायाधीश दीपकराज जोशी र हरिकृष्ण कार्कीको संयुक्त इजलाशले आज २०७४ माघ ७ गतेभित्र निर्वाचनसम्बन्धी सम्पूर्ण कानून बनाएर निर्वाचन गर्न परमादेश जारी गरेको हो ।

संविधानमा व्यवस्था गरिएअनुसार प्रदेश र केन्द्रको निर्वाचनसम्बन्धी कानून बनाई मिति तोक्न माग गर्दै वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ताहरु बिमल ज्ञवाली, लीलाधर उपाध्याय र शशीकुमार कार्कीले गत असोजमा अदालतमा रिट निवेदन दायर गरेका थिए । सोही निवेदनमाथि यही भदौ १५ गते पक्ष र विपक्षबाट बहस सकेपछि अदालतले आजको लागि निर्णय सुनाउने मिति तय गरेको थियो ।

आदेशमा निवेदकको मागअनुसार प्रदेश र केन्द्रको निर्वाचनको मिति तोक्ने, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भइसकेको हुनाले निर्वाचन गर्न बाँकी रहेका कानून निर्धारित मितिमै बनाउन भनिएको छ । निवेदनमा निर्वाचन गर्नुभन्दा १२० दिन पहिला निर्वाचनसम्बन्धी कानून बनाउनसमेत माग गरिएकोमा सरकारले प्रदेश र केन्द्रको निर्वाचनसम्बन्धी कानून नै नबनाई निर्वाचनको मिति घोषणा गरेको छ ।