मंसिरमा हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न हुने :नेता पुन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

पाल्पा, २३ भदौ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले राष्ट्रियसभासम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताएका छन । राष्ट्रियसभासम्बन्धी विधेयक बनाउने काम छिटो हुने उनले बताए । प्रेस सेन्टर पाल्पा शाखाद्वारा तानसेनमा आज आयोजित पत्रकारसम्मेलनमा नेता पुनले प्रदेश र संघको निर्वाचन मंसिरमा हुन नसकेमा देशमा संवैधानिक संकट उत्पन्न हुने बताए । संवैधानिक संकट उत्पन्न हुनबाट देशलाई जोगाउन मंसिरमा नै निर्वाचन गर्नुको अर्को विकल्प नभएको उनको भनाइ थियो ।

तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुने बताउँदै नेता पुनले त्यसका लागि सबै क्षेत्रको सहयोग गर्नुपर्ने बताए । प्रदेश नम्बर २ निर्वाचनपछि माओवादी पहिलो शक्ति बन्ने उनको दाबी थियो। शान्तिपूर्ण र मर्यादित रुपमा मंसिरमा निर्वाचन गराउन सरकारलाई राजनीतिक दल, नागरिक समाज र सञ्चारलगायत सबै क्षेत्रको सहयोग चाहिएको बताए।