रत्ननगर (चितवन), २५ भदौ । चितवनको भरतपुर महानगरपालिकाले यहाँको यातायात व्यवस्थापनमा समस्या देखिएपछि गएको जेठयता भित्रिएका तीन पाङ्ग्रे सवारीलाई चक्रपथमा निषेध गर्ने निर्णय गरेको छ । वीरगञ्ज यातायात अञ्चल कार्यालयबाट अनुमति लिई गएको जेठदेखि चितवनमा सञ्चालनमा आएको तीनपाङ्ग्रे सवारीलाई आगामी असोज १ गतेदेखि लागू हुने गरी रिङरोडमा निषेध गर्ने निर्णय भएको महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले जानकारी दिए । उक्त निर्णय अटेर गर्नेलाई सामान जफत गरी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।