कानूनी र राजनीतिक निर्णयबाट आफूलाई अन्याय परेको भन्दै डिआइजी सिलवालले दिए राजीनामा

arjun MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ, २७ भदौ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन ।

प्रहरी महानिरीक्षकमा नियुक्तिमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले उनले दायर गरेको रिट निवेदन आज (मंगलवार)खारेज भएपछि प्रेस विज्ञप्ति जारी गरी सिलवालले आजैका मितिबाट प्रहरी संगठनबाट अलग हुने घोषणा गरेका हुन।

आफू कानूनको रक्षकका रुपमा प्रहरीमा कार्यरत रहेको तर कानूनी र राजनीतिक निर्णयबाट आफूलाई अन्याय परेको उल्लेख गर्दै उहाँले सरकारले विश्वास नगरे पनि जनता र जवानहरु माझ आफ्नो छबी कायम भएको दाबी पनि गरेका छन । उनले भने ‘प्रहरीमाथि राजनीति गर्ने वा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहेसम्म कानूनी राज्य स्थापित हुन सक्दैन ।’ रासस