काठमाण्डौ,२८ भदौ ।प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले निर्वाचन आचारसंहिता उलंघन गरिरहेको पुष्टि भएको छ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा खटिएका पर्यवेक्षकहरुले प्रधानमन्त्री देउवा र मन्त्रीहरु आफैैले निर्वाचन आचारसंहिता उलंघन गरिरहेको रिर्पोट निर्वाचन आयोगलाई बुझाएका हुन । बुधबार काठमाडौंस्थित निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीसँग भेटगरी उनीहरुले सरकार आफैं निर्वाचन आचारसंहिता उलंघनका लागेकाले त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्न पनि निर्वाचन आयोगलाई सुझाव दिएका छन । प्रधानमन्त्री र मन्त्रीहरु आफैले निर्वाचन आचारसंहिता उलंघन गरेको पाइएको आम निर्वाचन पर्यवेक्षण समिति ‘जियोक’ का सदस्यसचिव कृष्णमान प्रधानले जानकारी दिए । उनले सरकार आफै निर्वाचन आचारसंहिता उलंघनमा लागेकाले नियन्त्रणका लागि कडा कदम चाल्न निर्वाचन आयोगलाई सुझाव दिनु परेको पनि स्पष्ट पारे । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भन्दा पनि बढि तेस्रो चरणको निर्वाचनको क्रममा आचारसंहिता उलंघन भएको निर्वाचन पर्यवेक्षकहरुको रिर्पोटमा उल्लेख गरिएको छ ।
पर्यवेक्षकहरुले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन सरकारलाई अझै सचेत गराउन र आवश्यक परे कडा कानुनी कार्वाही पनि निर्वाचन आयोगसँग आग्रह गरेका छन । उनीहरुले प्रदेश नम्बर २ को ८ वटै जिल्लाको चुनाव प्रचार–प्रचार अभियानका क्रममा राजनीतिक दलहरुले पनि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न नसकेको पाइएकोतर्फ पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन ।
यता, प्रमुख निर्वाचन आयुक्त यादवले भने सरकार र राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता उलंघन नगर्न आवश्यक दवाव दिन पनि निर्वाचन पर्यवेक्षकहरुको ध्यानाकर्षण गराएका थिए । निर्वाचन आचारसंहिता उलंघन नगर्न दवाव दिन पनि प्रमुख निर्वाचन आयुक्त यादवले आग्रह गरेको जियोकका सदस्य सचिव प्रधानले जानकारी दिए ।
निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि करिव ३ हजार पर्यवेक्षक टोली परिचालन गरेको छ ।