एकैपटक १ सय ९७ जना जिल्ला न्यायाधीशको सरुवा,सर्वोच्चका लागि तीन न्यायाधीशको सिफारिस

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौ, २८ भदौ । न्यायपरिषद्ले आज(बुधवार) सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम सिफारिस गरेको छ ।
परिषद्को आज बसेको बैठकले तुल्सीपुर उच्च अदातलका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस गरेको परिषद्का प्रवक्ता निर्मला पौडेलले जानकारी दिए ।

बैठकले आचारसंहिता बिपरित १९७ जना जिल्ला तहका न्यायाधीशको विभिन्न जिल्लामा सरुवा गर्ने निर्णय गरेको छ ।यस्तै, ७७ जिल्लामा ७७ जना न्यायाधीश आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत बनाउने निर्णय गरिएको छ भने १० जना न्यायाधीशलाई जगेडामा राखिएको छ ।