दशैँका लागि भेडाच्याङ्ग्रा निकासी हुन थाले

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

बाबियाचौर (म्याग्दी), ३१ भदौ । हिन्दू नेपालीको महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ ।बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो । मुस्ताङबाट शुक्रबारदेखि भेडाच्याङ्ग्रा निकासी शुरु भएको जनाइएको छ ।

भेडाच्याङ्ग्रा खरिदका लागि विभिन्न ठाउँका व्यापारी मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन् । कृषकले आफूले पालेका भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएका छन् भने देशका विभिन्न ठाउँका व्यापारी खरिदका लागि त्यहाँ पुगेका छन् । बेनी–जोमसोम सडक भएर दैनिक सयौँको संख्यामा भेडाच्याङ्ग्रा निकासी भइरहेको छ ।