निर्धक्क भएर मतदानमा सहभागी हुन प्रदेश नम्बर दुईका मतदातालाई गृहमन्त्रीको आव्हान

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,३१ भदौ । सरकारले पर्याप्त शान्ति सुरक्षाको व्यवस्था मिलाएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन प्रदेश नम्बर दुईका मतदातालाई आव्हान गरेको छ । गृहमन्त्री जनाद्र्धन शर्माले नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी गरी चार घेरामा सुरक्षा व्यवस्था मिलाएको भन्दै निर्धक्क मतदानमा सहभागी भएर मताधिकार प्रयोग गर्न आव्हान गरे । मौन अवधिमा अबलम्बन गर्नुपर्ने सुरक्षा सजगता तर्फ गृह प्रशासन गम्भीर एवं सचेत रहेको पनि उनले उल्लेख गरे । सनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले दुई नम्बर प्रदेशलाई लिएर संविधान कार्यान्वयन र निर्वाचनका सम्बन्धमा उब्जिएका कयौ प्रश्नको जवाफ अब त्यहाँका मतदाताले मतदान मार्फत दिने बताए ।

सरकारले आचार संहिता पालना गरेको दाबी गर्दै उहांले केही व्यक्तिले उलंघन गरेको भए त्यो निर्वाचन आयोगको जिम्मेवारी र क्षेत्राधिकार भित्र पर्ने उल्लेख गरे । उनले सुरक्षा व्यवस्था मिलाउने मुख्य जिम्मेवारीमा सरकार सचेत र दृढ रहेको स्पष्ट पार्दै ढुक्क भएर मतदानमा सहभागी हुन प्रदेश नम्बर दुईका आम मतदातालाई आव्हान गरे ।प्रदेश नम्बर दुईमा स्थानीय तह निर्वाचनको तेश्रो चरण अन्र्तगत आगामी सोमबार मतदान हुदैछ । गएराती देखि मौन अवधि सुरु भएको छ भने भारत संगको सिमा जोडिएका नाका पनि बन्द गरिएको छ ।