राजपाका वडा अध्यक्ष उम्मेदवारको निधन

arjun MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

राजविराज, ३१ भदौ । राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का लागि वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको आज साँझ निधन भएको छ । साविकको देउरी भरुवा गाविस, हाल राजविराज–१५ बस्ने ६५ वर्षीय यादव रक्त क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उनको घरमै निधन भएको राजपा नेपालका महासचिव मनिष कुमार सुमनले जानकारी दिए।

यही असोज २ गते सोमबार प्रदेश नं २ अन्तर्गत सप्तरीमा हुने स्थानिय तह निर्वाचनका लागि उहाँले राजविराज नगरपालिका–१५ बाट राजपा नेपालका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिए । २०५४ सालमा साविकको देउरीभरुवा गाविसमा नेकपा (एमाले)को तर्फबाट उहाँ वडा अध्यक्ष निर्वाचित भएका थिए ।