वीरगन्ज, ३१ भदौ । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अति आवश्यक सेवाबाहेक अन्य बाहनलाई आवतजावतमा रोक लगाइएको छ भने नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ आउने सवारी साधनबाहेक पैदल यात्रुलाई कडाइका साथ जाँच गरी आवतजावत गर्न दिएको छ ।
एम्बुलेन्स र पेट्रोलियम गाडी तथा भारतबाट रेलमार्ग हँुदै अलौँस्थित सुक्खा बन्दरगाहसम्म रेल तथा कन्टेनरलाई सामानसहित आवतजावत गर्न दिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।