दुई नम्बर प्रदेशमा मतदान शान्तिपूर्ण ,सर्लाहीमा १ सय १६ वर्षीय वृद्धद्वारा मतदान

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

सर्लाही २ असोज । प्रदेश नम्बर २ का ८ वटै जिल्लामा आज बिहानै देखि शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । ५ बजेसम्म मतदान केन्द्र प्रवेश गरिसकेकाले मतदान गर्न पाउने व्यवस्था छ । मतदाताहरु उल्लासकासाथ बिहानैदेखि भोट हाल्लन लाममा बसेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । सर्लाहीको हर्कटवा मतदान केन्द्रबाट १ सय १६ बर्षका भैरब बहादुर दमाईले मतदान गरेका छन । यस्तै त्यस क्षेत्रका मन्त्रि तथा सांसदहरुले पनि बिहानै मतदान गरेका छन ।

तर, सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ता र उम्मेदवारबीच मतदान गर्ने विषयमा विवाद हुँदा त्यहाँको अवस्था तनाव रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । हाल त्यहाँ सुरक्षाको व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । आजको निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । यो चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । नगर उपप्रमुख वा उपाध्यक्षमा भने पुरुषभन्दा महिला उम्मेदवारको संख्या बढी छ ।