पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मतपत्र पट्याउन नजानेपछि……

arjun Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

रौतहट २ असोज । प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेता पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले रौतहटको गौर २ स्थित जुद्ध माबि मतदान केन्द्रबाट मतदान गरेका छन । आज बिहान करिब सवा ७ बजे उनले मतदान गरेका हुन। उनले मतपत्र पट्याउन नजानेको भन्दै अहिले सामाजिक सञ्जानमा चर्को आलोचना भएको छ ।

मतदाता शिक्षा प्रभाबकारी नभएको बताइँदै गर्दा शिर्ष नेताले नै मतपत्र पट्याउन नजानेको भन्दै राजनीतिक दल र निर्वाचन आयोगको ब्यापक आलोचना भैरहेको छ । यसअघि पहिलो चरणको चुनाबमा भक्तपुरबाट भोट हालेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि मतपत्र पट्याउन नजानेको भन्दै आलोचना भएको थियो ।