प्रधानमन्त्री देउवा न्यूयोर्क प्रस्थान

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ३  असोज ।  प्रप्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, मन्त्रीगण, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, यहाँस्थित विदेशी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिलगायतले बिदाई गरेका थिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री देउवा आज अपराह्न ५ बजे इत्तिहाद एअरलाइन्सको विमानबाट संयुक्त अरब इमिरेट्स (युएइ) को आबुधाबी हुँदै त्यसतर्फ प्रस्थान गरेका हुन । प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गने छन ।
महासभाका दौरान न्यूयोर्कमा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गनर्े छन।