असोज २० गतेदेखि पुन: अनसन बस्ने डक्टर केसीको घोषणा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ३ असोज । त्रिविवि चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले विगतमा आफूले उठान गरेमा माग सरकारले पूरा नगरेको जनाउँदै चार सूत्रीय माग राखी पुनः सत्याग्रह आन्दोलन गर्ने घोषणा गरेका छन ।

यही असोज २० गतेदेखि आन्दोलनका कार्यक्रम शुरु हुने उनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । ती मागमा माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्न, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौँ विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने रहेका छन् ।

यसैगरी हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुख माथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल शुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनसमेत उनले माग गरेका छन ।