पुनःबहालीको माग गर्दै खड्काद्वारा सर्वोच्चमा रिट दायर

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ४ असोज । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका गोपालबहादुर खड्काले आफूलाई पुनःबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आपूर्ति मन्त्रालय लगायतलाई विपक्षी बनाई खड्काले वारिस मोतीलाल तामाङमार्फत दायर गरेको निवेदनमा आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न र पुनःबहाली गर्न माग गरिएको छ । निगमको जग्गा खरिदका विषयमा अनियमितता गरेको आरोपमा मन्त्रिपरिषद् बैठकले खड्कालाई सोमबार पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । सो निर्णयको विरुद्धमा खड्का आज अदालत पुगेका ह्रन  ।