दुई नगरपालिकासहित २४९ वडाको मत परिणाम सार्वजनिक, राजपा र माअाेबादी केन्द्रले खाता खाेले

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,४ असोज । प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना गर्ने कार्य जारी रहेको छ । मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंसपुर नगरपालिकाको मतगणना कार्य सम्पन्न भई मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।
हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजयी हुनुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यस्तै सिरहाको कर्जन्हा नगरपालिको मेयर र उपमेयर दुर्वैमा नेकपा माओबादी केन्द्र बिजयी भएको छ ।
हालसम्म अग्रताको हिसावले नेपाली कांग्रेस अन्य दल भन्दा अघि छ । पछिल्लो मतगणना अनुसार नेपाली काँग्रेसले ४१ स्थानमा अग्रता लिएको छ भने संघिय समाजवादी फोरमले ३१ स्थानमा अग्रता लिदै काँग्रेसलाई पच्छाई रहेको छ ।यस्तै नेकपा एमालेले २०, माओबादी केन्द्रले २०, राजपाले १५ र नेपाल लोकतान्ँित्रक फोरमले १ स्थानमा अग्रता लिएको छ ।
मतगणना जारी रहेका १३४ स्थानीय तहमा शान्तिपूर्णरुपमा मतगणना कार्य सञ्चालन भइरहेको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) ले जनाएको छ । हालसम्म २४९ वडाको मत परिणाम प्राप्त भइसकेको छ । सप्तरी जिल्लाका १८, सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्सा जिल्लाका १३ वटा वडाको मत परिणाम सार्वजनिक भएको हो ।