चलचित्र ” ऐश्वर्य” को ट्रेलर सार्वजनिक

arjun Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , Others/अन्य , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

असोज ५, काठमाडौ । तिमी रोएको पल’ बोलको चर्चामा गीतबाट अत्यन्त चर्चामा रहेको चलचित्र ‘ऐश्वर्य’को ट्रेलर आज काठमाडौमा सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा नव-नायिका दीपिका प्रसाईलाई पाउन रमेश उप्रेती र प्रशान्त ताम्राकार बिचको टक्कर देख्न सकिन्छ ।

‘ऐश्वर्य’को ट्रेलरमा नायिका दिपिका प्रसाईलाई बोल्ड भूमिकामा देखाइएको छ । मोडल बन्ने सपना बोकेकी एक युवतीको रुपमा दिपिकालाई देख्न सकिन्छ ।
रमेश उप्रेतीले फिल्मको विषयमा जानकारी दिँदै भने, ‘सार्वजनिक ट्रेलरबाट फिल्मको विषयवस्तुलाई केहि हदसम्म दर्शकले बुझ्नु हुन्छ । कलाकारको रुपमा लामो समय बिताएतापनि निर्माताको रुपमा म डेब्यु गर्दैछु । मैले आफूलाई निर्माताको रुपमा प्रमाणित गर्न पनि ‘ऐश्वर्य’ चल्न आवश्यक छ । यो फिल्मको कथा विल्कुलै फरक छ र हाम्रो टिमले प्रस्तुतीकरणमा केहि फरक गर्ने प्रयास गरेको छ ।’
सुदीप बरालले खिचेको यो फिल्ममा रमेश, प्रशान्त र दीपिकाको अलावा केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको पनि अभिनय छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन भने सह-निर्माता निर्मल शर्मा रहेका छन । यो फिल्मको कथा निर्देशक दिवाकर भट्टराई आफैले लेखेका हुन् । चलचित्र कात्तिक ९ गते प्रदर्शन हुँदैछ ।