३० स्थानीय तहको मतपरिणाम सार्वजनिक, काँग्रेसको अग्रता कायमै (अपडेट )

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, ५ असोज । तेस्रो चरणको स्थानीय तह निर्वाचनको अहिलेसम्म ३० तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १३६ तहमध्ये एउटा तहबाहेक सबै तहमा यतिबेला मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेस ११ स्थानीय तहमा विजयी हुदै सबै भन्दा अगाडी रहेको छ भने नेकपा माओबादी केन्द्र र राजपा ५/५ स्थानीय तहमा विजयी हुदै काँग्रेसलाई पच्छाई रहेका छन । पहिलो र दोसा्रे स्थानीय तहमा पहिलो स्थानमा रहेको नेकपा एमाले भने ४ स्थानीय तहमा विजयी भएको छ ।यस्तै मधेसमा पटड जमाएका संघीय समाजवादी फोरम ३ र लोकतान्त्रिक फोरम २ स्थानीय तहमा बिजयी भएका छन ।

पछिल्लो मतगणना अनुसार नेपाली काँग्रेस ३४ स्थानमा अगाडी रहेको छ भने संघिय समाजवादी फोरमले २१ स्थानमा अग्रता लिएका छन । माओबादी केन्द्र र राजपा भने १७/१७ स्थानमा अगाडी रहेका छन। यसैगरि नेकपा एमाले भने १३ स्थानमा अग्रता लिदै चौथो स्थानमा रहेको छ ।
यसैगरी अहिलेसम्म ६१० वटा वडाको अन्तिम मत परिणाम प्राप्त भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । मतगणना बाँकी रहेका १११ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जनाएको छ ।