जितको खुशी साट्दै गर्दा निर्वाचित उमेदवारको मृत्यु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

राजविराज, ५ असोज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण आज मृत्यु भएको छ । राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उनी बुधबार निर्वाचित भएकी थिइन। जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उनको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताए।