एमाले केन्द्रीय बैठक आजदेखि सुरु,स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचनबारे छलफल हुने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) को आठाै केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु भएकाे छ । पार्टी मुख्यालय धूम्रबाराहीमा बैठक११ बजे शुरु भएकाे एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुनेछ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ । उनले बैठक केन्द्र र प्रदेश निर्वाचनमा केन्द्रित हुँदै दुवै निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्डसमेत बनाउने बताए । एमाले केन्द्रीय कमिटी बैठक लामो समयदेखि शीर्ष नेताको समय अभावका कारण बस्न सकेको थिएन ।