१२५ स्थानीय तहको मतपरिणाम सार्वजनिक ‌‌(अपडेट)

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, ८ असोज  । तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १२३ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३७ स्थानमा विजयी हुदै अग्रता कायमै गरेकाे छ । यस्तै संघीय समाजवादी फोरम नेपाल २५,राष्ट्रिय जनता दल नेपाल २२, नेकपा (माओवादी केन्द्र) २०,नेकपा (एमाले) १६, नेपाल लोकतान्त्रिक फोरम ३ र नेपाली जनता दलका ३ जना उम्मेदवार विजयी भएका छन ।

यसैगरी, जारी मतगणना अनुसार नेपाली काँग्रेस ३ , संधिय समाजवादी फोरम ४ र नेकपा एमाले २ स्नेथानमा अगाडी रहेका छन । माअाेबादी १ स्थानमा अगाडी रहेका छन  भने  राजपा १ पनि एक स्थानमा अगाडी रहेकाे छ ।