ठूला दलको स्वार्थका कारण देश समस्यामा–विजुक्छे

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

भक्तपुर, ६ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छले ठूला दलको स्वार्थका कारण देश समस्यामा परेको बताएका छन ।

नेमकिपाको भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा संघको स्थापना दिवसको अवसरमा आज आयोजित विचारगोष्ठीमा उनले नेपाली काँग्रेस, एमाले र (माओवादी केन्द्र)को स्वार्थका कारण देशले निकास पाउन नसकेको बताएका हुन । अध्यक्ष विजुक्छेले युवाहरूमा दुविधा भएका कारण नेपालमा क्रान्ति हुन नसकेको जिकिर गर्दै युवामा राजनीतिप्रति प्रतिबद्धता नहुँदा दोधारको अवस्था सिर्जना भएको विचार पनि व्यक्त गरे ।