दुई नंम्बर प्रदेशमा हारकोको कारण सत्ताको दुरुपयोग, धाँधली र पैसामा मतदाता किनबेच – ओली

arjun @ News Paper/पत्रपत्रिका बाट , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,७ असोज । नेकपा एमालेले सत्ताको दुरुपयोग, धाँधली र पैसामा मतदाता किनबेच भएका कारण प्रदेश नम्बर २ मा हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले पेस गरेको प्रतिवेदनमा मतदाताले सामाजिक सद्भाव र राष्ट्रियता पक्षमा उभिने पार्टीका पक्षमा खुलेर अभिमत प्रकट गर्न नसकेको जिकिर गरिएको छ ।

‘सत्ताको आडमा पैसाको खोलो बगाइयो । व्यापक धाँधली, सत्ताको चरम दुरुपयोग र सरकारको अलोकतान्त्रिक गतिविधिमार्फत तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा हामीलाई कमजोर बनाउने प्रयास गरियो’, प्रतिवेदनमा ओलीले भनेका छन–‘आफ्ना पक्षमा नलाग्ने प्रहरी अधिकारीलाई रातारात सरुवा गरेर परिणाम पक्षमा पार्ने प्रयास भयो । प्रदेश नम्बर २ का जनताले सामाजिक सद्भाव र राष्ट्रियता पक्षमा उभिने पार्टीका पक्षमा खुलेर अभिमत प्रकट गर्न पाउनुपथ्र्यो, तर त्यस्तो स्थिति सिर्जना हुन नसक्नु दुःखद छ ।’एमाले अध्यक्ष केपी ओलीले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुविधाजनक बहुमत हासिल गर्ने लक्ष्यका साथ पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्नुपर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गरेका छन् । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।