कैलाली,७ असोज । बजार अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले प्रयोग गरेको गाडीमा आज कैलालीको टीकापुरमा तोडफोड भएको छ । टीकापुर बजारमा रहेको विष्ट आयल स्टोरलगायतका पसलमा अनुगमन गरिसकेपछि स्थानीय सिद्धार्थ होटलमा पुगेका राज्यमन्त्री विकले प्रयोग गरेको बा १ झ ९६६९ नं को जिप होटल परिसरमा रोकिएको अवस्थामा तोडफोड भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । तोडफोडबाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ ।