रौतहटमा काँग्रेसका पराजित उमेदवारका छोराको गोली हानी हत्या

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

रौतहट, ९ असोज । रौतहटको मध्यपश्चिम परोहा नगरपालिका–५ का नेपाली काँग्रेसका पराजित उम्मेदवारका छोराको गोली हानी हत्या भएको छ । वडा अध्यक्षका पराजित उम्मेदवार शेख सेराजका ३२ वर्षीय छोरा शेख स्वयव अक्बरको अज्ञात समूहले गएराति गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । रौतहट प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुुसार आज बिहान करिब ३.३० बजे आफ्नै घरको बरण्डामा सुतिरहेको समयमा अज्ञात समूहले अक्बरको छातिमा दुुई गोली हानेका थिए ।

घटनालगतै उपचारको लागि जिल्ला अस्पताल गौर लैजाने क्रममा बाटोमै मृत्युु भएको थियो । घटना राजनीतिक कारणले हुनसक्ने प्रहरीको प्रारम्भिक अनुुमान रहेको छ। घटनामा संलग्न रहेको आशंकामा दुुईजनालाई नियन्त्रणमा लिएको र थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव परीक्षण भइसकेको प्रहरीले जनाएको छ । यसअघि कटहरिया नगरपालिका–३ बलुुआ टोलका राजपा कार्यकर्ता रामपुुकार यादवको हत्या भएको थियो ।