दशैंमा सेनाले निशुल्क बस सञ्चालन गर्ने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,९ असोज ।नेपाली सेनाले दसैंको दिन निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दसैंको दिन सार्वजनिक सवारी साधान न्यून हुने भन्दै काठमाडौं उपत्यकाका ८ वटा रुटहरुमा बिहान ६ः३० बजे, ११बजे र ४ बजे भद्रकालीबाट ३० सिट क्षमताका १/१ वटा बस निःशुल्क सञ्चालन गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।