बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु ,दशैमा दुर्घटना बढ्याे

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

धुलिखेल, १० असोज। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । आज बिहान बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजेतिर बा १४ च ९५५६ नंको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

मृतकको सनाखत हुन बाँकी छ । उनका अनुसार गाडीमा १७ जना सवार थिए । काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दशैँंमा घर जानेले सो गाडी रिजर्भमा लगेको बुझिएको छ । घाइतेलाई उपचारका लागि काठमाडौँं ल्याइएकाे छ ।