माओवादी केन्द्रसँग सम्बन्ध सुधार गरेर जान एमाले तयार :नेता नेपाल

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

चितवन,१० असोज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी केन्द्रसँग सम्बन्ध सुधार गरेर जान आफ्नो पार्टी तयार रहेको बताएका छन । वरिष्ठ नेता नेपालले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि माओवादी केन्द्रसँग तालमेल गरेर जान आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे । मंगलबार चितवनको भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कुनै एउटा दलले मात्रै सरकार बनाउने अवस्था नरहेकाले पनि आफ्नो पार्टीले बामपन्थी दलहरुबीच चुनावी तालमेल गर्न चाहेको पनि बताए ।वरिष्ठ नेता नेपालले प्रतिनिधि सभा निर्वाचनमा आफूले रौतहट वा काठमाडौं मध्ये कुनै एउटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने जानकारी दिए ।