पोखरा, ११ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले छुट्टाछुट्टै दुई स्थानबाट रु एक लाख ९२ हजार नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१३ संगम टोलस्थित सन्तोष श्रेष्ठको घरबाट रु ४१ हजार ४७५ सहित छजना जुवाडे र पोखरा १७ काउछेघारीस्थित दीपेन्द्र पौडेलको घरबाट रु एक लाख ५० हजार ५४५ नगदसहित सात जना जुवाडे पक्राउ गरिएको प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।