आचारसंहिता उल्लंघनबारे निर्वाचन आयोगले सबैलाई एकै ठाउँमा राखेर बृहत्त छलफल गर्ने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १२ असोज । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापकीय तयारीमा आयोग जुटिसकेको बताएका छन ।

बिहिवार आयोजित साक्षात्कारमा प्रमुख आयुक्त यादवले मंसिरमा हुने निर्वाचनको लागि आवश्यक कानून र ऐन प्राप्तभएपछि अन्य व्यवस्थापकीय तयारीको काम भइरहेको जानकारी दिए । आगामी निर्वाचनमा सवै दलका प्रमुख नेताहरू उम्मेदवार हुने भएकाले आचारसंहिताको पूर्णपालना हुनेमा आयोग विश्वस्त रहेको बताउँदै उनले आचार संहिता उल्लंघनमा घटनाका सरोकारवाला पक्षसग छलफल गर्ने बताए ।

आचारसंहिता उल्लंघन गरेको कुरा जनताले हेरिरहेको बताउँदै प्रमुख आयुक्त यादवले सबैलाई एकै ठाउँमा राखेर आचारसंहिता उल्लंघनबारे बृहत्त छलफल गर्ने उल्लेख गरे। स्थानीय तहको निर्वाचन सफलरुपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबै राजनीतिक दल, उम्मेदवार र जनताप्रति उनले धन्यवाद ज्ञापन गरे ।
–––