अवरुद्ध सिद्धबाबा सडकखण्ड चौध घण्टापछि सञ्चालन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

पाल्पा, १४ असोज (रासस) ।पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा पहिरो झरेपछि अवरुद्ध सडक १४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । शुक्रबार राति सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध बनेको सडक आज दिउँसोबाट सञ्चालनमा आएको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शान्तबहादुर बस्नेतले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा सयौँ यात्रु र सवारी साधन अलपत्र अवस्थामा रहेका थिए ।