हुने नै भाे त एमाले र माओवादीबीच एकता…!

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेकपा (एमाले) सँगको पार्टी एकताबारे छलफल भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा साेमबार बसेको बैठकमा एमालेसँग पार्टी एकता र चुनावी तालमेलबारे छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिर्इन । “पार्टी एकता र चुनावी तालमेलबारे बैठकमा छलफल भएको र अन्तिम निर्णय गर्नका लागि अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिइएको  भुसालले बतार्इन । आइतबार मात्रै एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा देशभक्त, प्रगतिशल र वामपन्थी दलसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको थियो ।