नयाँ बसपार्क आसपास केन्द्रबिन्दु रहेको ३.७ रेक्टर स्केलको परकम्पले ठुलै झट्का दियो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौ, १८ असोज । आज बिहान २ बजेर ४ मिनेटमा ३.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाण्डौको नयाँ बसपार्क बाट उत्तरतिर केन्द्रबिन्दु रहेको यो भूकम्प गोरखा भूकम्पपछिको परकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए । गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका ४८७ वटा परकम्प गइसकेको केन्द्रले जनाएको छ । चार रेक्टरभन्दा साना परकम्प हजारौँको संख्यामा गइसकेका छन् । चार रेक्टरभन्दा साना परकम्पको खासै असर नपर्ने गरेको भट्टराईले बताए ।