बृहत लोकतान्त्रिक गठबन्धन निर्माणका लागि काँग्रेसले पहल थाल्यो

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१८ असोज । सत्तारुढ नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माणका लागि पहल गर्ने भएको छ । पार्टी केन्द्रिय कार्य सम्पादन समिति बैठकले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति मुलुकको हितमा नरहेको निष्कर्ष निकाल्दै लोकतान्त्रिक गठबन्धन निर्माण गरेर अघि बढने निर्णय गरेको हो ।

आन्तरिक एकतालाई जोड दिएर लोकतान्त्रिक गठबन्धन निर्माण गरी संविधान कार्यान्वयनको राष्ट्रिय कार्यभारलाई पूरा गर्न लागि पर्ने निर्णय गरिएको नेता डा. प्रकाशशरण महतले जानकारी दिए। बैठकले लोकतान्त्रिक, देशभक्त शक्तिहरुबीचको गठबन्धनद्धारा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको चुनावी तालमेललाई परास्त गर्न सकिने निष्कर्ष समेत निकालेको छ ।

बैठकले लोकतान्त्रिक शक्तिहरुको गठबन्धन निर्माण गर्ने जिम्मेवारी प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीको कामलाई अघि बढाउन काँग्रेसले विहिबार पनि केन्द्रिय कार्य सम्पादन समिति बैठक बोलाएको छ ।