पाल्पा,१८ असोज । पाल्पाको सिद्धबाबा सडकखण्डमा राती ८ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यात्रुको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासन, प्रहरी, सडक डिभिजन कार्यालयका इन्जिनियर लगायतको बैठकले यस्तो निर्णय गरेको हो । पहिरोको बीचबीचमा ढुंगा अड्किएकाले यात्रु, सवारी साधनलाई जतिबेला पनि खसेर लाग्न सक्ने भएकाले रातीको समयमा बाटो बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले बताए ।

