स्थानीय निर्वाचनमा पराजित भएकाहरुलाई काँग्रेसले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा टिकट नदिने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२० असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा टिकट नदिने भएको छ । स्थानीय तहमा पराजित भएका कांग्रेसका धेरै जसो नेताहरुले धमाधम प्रदेश र प्रतिनिधिसभाको उम्मेदवार हुन आवेदन दिई रहेको समयमा काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले उनीहरुलाई निकट नदिने निर्णय गरेको हो ।

यस्तै बैठकले संविधानसभा र स्थानीय निर्वाचनमा बागी उम्मेदवार बनेका र त्यसका प्रस्तावक र समर्थकलाई पनि टिकट नदिने निर्णय गरेको छ ।समानुपातिक सांसदको हकमा भने केही लचिलो निर्णय भएको छ । प्रदेश र प्रतिनिधिसभाको छनोटका लागि बरिष्ठ नेता लगायत आवश्यक परामर्श गरी संसदीय समिति गठन गर्ने अधिकार पार्टी सभापतिलाई दिएको छ । कांग्रेसले २७ गतेभित्र सबै उम्मेदवार टुंगो लगाइसक्ने बताएको छ ।