लोकतान्त्रिक मोर्चाको बैठक आज पनि,निर्वाचन क्षेत्र बाँडफाँडको विषयलाई टुंगो लगाउने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२१असोज । नेपाली काँग्रेसको नेतृत्वमा गठन हुने लोकतान्त्रिक गठबन्धनमा आवद्ध ६ दल सम्मिलित कार्यदलको बैठक आज पुन बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बलुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा निर्वाचन क्षेत्र बाँडफाँडको विषयमा छलफल हुने कार्यदलका एक सदस्यले बताएका छन  । यसअघि हिजो दुई चरणमा बसेको कार्यदलको बैठकमा पनि सोही विषयमाथि छलफल भएको थियो ।  सत्ता नेतृत्वकर्ता दल कंग्रेस सहित ६ दल आवद्द कार्यदलले सिटको बाँडफाँडका आधारमा मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुट्ने तयारी तीब्र बनाएको छ ।  हिजो बसेको बैठकले कायर्दलको संयोजकमा कंंग्रेस नेता विमलेन्द्र निधिलाई तोकेको छ ।  कंग्रेस नेतृत्वमा गठन हुन लागेको लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय जनता पार्टी , संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा प्रजातान्त्रिक र लोकतान्त्रिक फोरम आबद्ध छन् ।