माओबादी केन्द्रले प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्पन्न नभएसम्म काँग्रेस सँगको साथ नछाडने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२१ असोज । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न नभएसम्म सरकार नछाडने स्पष्ट पारेको छ । शनिवार सम्पन्न पार्टी पोलिटव्युरो बैठकले आगामी मंसीर १० र २१ गते २ चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न नभएसम्म सरकार नछाडने निर्णय गरेको हो । निर्वाचन सम्पन्न गराउने दायित्व पूरा गर्न सरकारमा सहभागी भएकाले सोही अनुसार अघि बढने निर्णय लिइएको पार्टीका नेता वर्षमान पुनले जानकारी दिए । माओवादी केन्द्रले संविधान कार्यान्वयन र चुनाव सम्पन्न गर्ने दायित्व पूरा गर्न केन्द्रित हुन सत्तारुढ काँग्रेसको समेत ध्यानाकर्षण गराएको छ ।

माओवादी केन्द्रले एमाले र नयाँ शक्ति पार्टी, नेपालसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति इमान्दारिताका साथ पालना गर्ने निर्णय पनि गरेको छ । बाम एकताको बैचारिक आधार तय गर्न आवश्यक वहसलाई पनि अघि बढाउने निर्णय लिइएको नेता पुनले बताए।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले एमाले र नयाँ शक्ति पार्टी, नेपालसँग प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गर्नुको औचित्यमाथि प्रष्ट पार्ने प्रयास गरेका थिए ।