वाम एकताका लागि भएको सहमतिलाई एमालेले अक्षरस पालना गर्ने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौँ, २१ असोज । नेकपा एमाले को आज बसेको स्थायी कमिटी बैठकले नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालसँगको चुनावी तालमेल र एकताको सहमतिलाई सर्वसम्मतरुपमा अनुमोदन गरेको छ ।

यही असोज १७ गते एमाले र ती दुई दलबीच भएको सहमतिलाई वाम एकताको सन्दर्भमा ऐतिहासिक घटना भएको भन्दै बैठकले त्यसको कार्यान्वयनमा दृढताका साथ लाग्ने निर्णय गरेको छ । बैठकपछि पार्टीका सचिव प्रदीप ज्ञवालीले आफूहरुको गठबन्धनबाट कुनै पनि शक्ति तर्सनु नपर्ने र वाम एकतालाई अधिनायकवाद वा सर्वसत्तावादको आरोप लगाउन पनि नहुने बताए । सचिव ज्ञवालीले आफूहरु सरकार फेर्ने भन्दा पनि मंसिरको निर्वाचन गराउन केन्द्रित हुने स्पष्ट पारे ।