वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति : अध्यक्ष वैद्य

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

पोखरा, २२ असोज ।नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको बताएका छन । नेकपा क्रान्तिकारी माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको आज  उद्घाटन गर्दै अध्यक्ष वैद्यले दक्षिणपन्थी अवसरवादीको गठवन्धनलाई वामगठबन्धन भन्न नसकिने बताए ।

सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एक ठाउँमा आउन नसकेकामा चिन्ता व्यक्त गर्दै उनले वैकल्पिक शक्ति निर्माणका लागि सबै क्रान्तिकारी कम्युनिष्टले एकताको बहस शुरु गर्नुपर्नेमा जोड िदए। उनले निरन्तरताको क्रम भङ्गको भनाइलाई उल्टो क्रम भङ्ग भएको टिप्पणी गर्दै सम्मेलनले क्रान्तिको कार्यदिशा निर्धारण गर्ने बताए ।