अज्ञात ब्यक्तिले हत्या गरेका गौचनको अन्त्येष्टि, हत्यामा संग्लन रहेका तीन जनाको स्केच तयार

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२६ असोज । अज्ञात ब्यक्तिको गोली प्रहारबाट मृत्यु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सोमबार गौचनको नयाँ बानेश्वरको प्रयागमार्गमा अज्ञात ब्यक्तिले गोली हानेपछि मृत्यु भएका गौचनको आज चार दिनपछि थकाली परम्परानुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको शवमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिए ।
यस्तै गृहमन्त्री शर्मा, वन तथा भूसंरक्षणमन्त्री विक्रमबहादुर पाण्डे, काँग्रेस नेता प्रकाशमान सिंह, नेकपा(माओवादी केन्द्र) की नेत्रृ पम्फा भुसाललगायतले गौचन प्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
यसैबीच, सरकारले हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचनलाई सहिद घोषणा गर्ने भएको छ । गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइएको दिए।

यसैबीच,गौचनको हत्याराको खोजीमा जुटेको प्रहरीले केही प्रारम्भिक तथ्य फेला पारेको छ । अनुसन्धानमा जुटेको प्रहरीले हत्यामा संग्लन रहेका तीन जनाको स्केच तयार पारेको हो ।घटनामाथी अनुसन्धान गर्न मंगलबार नै प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको छ । उक्त टोलीमा केन्द्रिय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत, महानगरिय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, तीन डिएसपी र एक ईन्सपेक्टर छन् ।