निर्वाचन सार्ने चर्चा चलिरहदा आयोगले राजनीतिक दलहरु सँग छलफल गर्दै

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,२७ असोज । निर्वाचन आयोगले आगामी निर्वाचनको तयारी बारे राजनीतिक दलहरु सँग छलफल गर्दै छ । निर्वाचनको मिति सार्न केहि दलहरुबीच चर्चा चलिरहँदा आयोगले निर्वाचन तयारी बारे दललाई जानकारी गराउन लागेको हो । कान्तिपथस्थित आयोगको मुख्यालयमा दिउँसो १ बजे हुने छलफलमा प्रधानमन्त्री सहित संसदमा प्रतिनिधित्व गर्ने मुख्य दललाई बोलाईएको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
निर्वाचनमा आवश्यक पर्ने सुरक्षा रणनितिबारे आयोगले हिजो चारवटै निकायका सुरक्षा निकायका प्रमुखहरु सँग छलफल गरेको थियो । आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छापिरहेको छ भने निर्वाचन अधिकृतहरुलाई प्रशिक्षणपछि कार्याक्षेत्र पठाईसकेको छ ।