काठमाण्डौ,२८ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्नका लागि सरकारले आचार संहिताको उलंघन गर्दै मन्त्रीपरिषद् विस्तार गरेको आरोप लगाएका छन । राजधानीमा आज आयोजित कार्यक्रमलार्ई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही दिन भएपनि लाभ लिउँ भन्ने मानसिकताबाट उद्धत हुदै सरकारले मन्त्रीपरिषद् विस्तार गरेको बताए ।
देशको एकता र सम्वृद्धिका लागि लड्नेहरुको अगुवाई नेकपा एमालेले गरेको दाबी गर्दै अध्यक्ष ओलीले कानुनको पालना गर्ने सवालमा गम्भीर हुनुको सट्टा विना कामका विना विभागिय मन्त्री थप्दै नेपाली कांग्रेस क्षणिक लाभ लिन अग्रसर भएको टिप्पणी गरे ।आज देखि औपचारिक रुपमा न्यौपाने नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टी एमालेमा विलय भएको छ ।